स्थानीय पाठ्यक्रम निर्माण : अनिवार्य की आवश्यकता // सेमिनार पत्र // विकाश भुसाल

       

             प्रस्तुत सेमिनार पत्र “स्थानिय पाठ्यक्रम निर्माण : अनिवार्य की आवश्यकता” भन्ने शिर्षकमा केन्द्रित रहेको छ । जसको उद्धेश्यहरु स्थानिय पाठ्यक्रम निर्माणमा विद्यालयको भुमिकाको वारेमा र स्थानिय पाठ्यक्रम निर्माण सम्वन्धि नीतिगत व्यवस्थाको वारेमा अध्ययन गर्नु रहेको थियो । अध्ययनका लागि गुणात्मक अनुसन्धान विधि अन्तर्गत घटना अध्ययन ढाँचालाई छनोट गरिएको थियो । यस अध्ययनलाई उद्धेश्यमूलक नमूना छनोटको आधारमा अर्घाखाँची जिल्लाको “श्री जोगिमारे आधारभूत विद्यालय” मा मात्र केन्द्रित गरी गहन अन्तर्वार्ता तथा खुल्ला प्रश्नावलीलाई तथ्याङ्क संकलन साधनको रुपमा प्रयोग गरिएको थियो । साथै सम्वन्धित विद्यालयका प्र.अ,शिक्षक,विद्यार्थी तथा विज्ञहरुलाई उत्तरदाता(Respondents) के रुपमा छनोट गरी तथ्याङ्क संकलन गरिएको थियो र संकलित तथ्याङ्कलाई संगठन गरेर, त्यसको कोडिङ तथा थिमको निर्माण गरेर व्याख्या विश्लेषण गरी निष्कर्ष निकालिएको छ ।


            स्थानीय पाठ्यक्रम निर्माणका सम्वन्धमा शिक्षकहरुले विद्यार्थी, अभिभावक तथा समुदायका विभिन्न व्यक्ति, संस्था आदीबाट पाठ्यक्रम सम्वन्धि रायप्रतिक्रिया संकलन गरेर, विद्यार्थीहरुले आफ्ना रुचि, चाहना तथा आवश्यकताको वारेमा स्वतन्त्र विचार अभिव्यक्त गरेर आफ्नो भूमिका निर्वाह गर्न सक्छन भन्ने कुरा पत्ता लगाईएको छ । र त्यसैगरी नीतिगत व्यवस्था अन्तर्गत स्थानीय विषयवस्तु समेटी स्थानीय तह वा निकायको समन्वयमा मातृभाषा वा नेपाली भाषामा स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक विद्यालय आफैले निर्माण गर्न सक्नेछन र सोको अनुगमन सम्वन्धित गाउँपालिका वा नगरपालिकाबाट गर्नुपर्ने व्यवस्था रहको कुरा पनि पत्ता लगाइएको छ ।

                                                                                                                               लेखकः विकाश भुसाल 

 सेमिनार पत्रको PDF मा यहाँ समावेश गरिएको छ ।

 Click the below link

 

 Click for View PDF

 

Share:

1 comment:

Calendar

View Website

Recent Posts

My Video